१६ अंकले घट्यो नेप्से, १ अर्ब ८० करोडको कारोबार

२३ असार, काठमाडौं । बिहीबार सेयर बजारको नेप्से परिसूचक १६ अंक घटेको छ । १६.६० अंक घटेसँगै नेप्से २०२७ अंकमा कायम भएको छ । कुल १ अर्ब ८० करोड रुपैयाँको कारोबार भयो । सबैजसो उपसमूह घटेका छन् ।

बैंकिङ ८, विकास बैंक ४६, फाइनान्स ७, होटल तथा पर्यटन ३१, जलविद्युत् १५, जीवन बीमा ११५, उत्पादन ४३, माइक्रोफाइनान्स ३७, निर्जीवन बीमा ३३, अन्य २२ र ब्यापार उपसमूह २३ अंक घटे ।

frontline

आरबीबी म्युचुअल फण्ड १, माउन्टेन हाइड्रो र सिटिजन्स म्युचुअल फण्डको मूल्य ३ प्रतिशत बढ्यो । समिट लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो । ला

इफ इन्स्योरेन्स कर्पोरेसन, अरुणकाबेली, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी र माथिल्लो तामाकोसी कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे । बजारको पुँजीकरण २८ खर्ब ९१ अर्बमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here