१५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउन गृहमन्त्रीको निर्देशन

फाइल फोटो

१८ पुस, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले १५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउन निर्देशन दिएका छन्।

सोमबार बिहान ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखसँग भएको भर्चुअल बैठकमा गृहमन्त्री लामिछानेले आन्तरिक व्यवस्थापनबाटै गर्न सकिने विषयहरू समावेश गरी १५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउन निर्देशन दिएका हुन्।

frontline

गृहमन्त्री लामिछानेले भ्रष्टाचारविरुद्ध शून्यसहनशीलता कायम गर्नुपर्नेमा जोड दिए। भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी ढंगले जिम्मेवारी निर्वाह गर्न गृहमन्त्रीले निर्देशन दिएको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिए। उनले भने,’भ्रष्टाचार र राजस्व चुहावट नियन्त्रण गर्न निर्ममरुपमा लाग्न निर्देशन दिनु भएको हो।’

सेवा प्रवाह सरलीकरण र सुधारका नवीन र नवप्रवर्तनात्मक उपायहरू खोज्न र प्रयोगमा ल्याउनुपर्ने गृहमन्त्री लामिछानेको भनाइ छ। उनले जिम्मेवारी पन्छाउने कामले जनविश्वास कमजोर पार्ने भन्दै आफ्नो जिम्मेवारीमा अडिग हुन आग्रह गरे।

गृहमन्त्रीले कार्यालयमा टाइमकार्ड लागू गरी प्रभावकारी ढंगले सेवा दिन पनि अनुरोध गरेका छन्। ‘ आजैबाट कार्यलयबाट दिन सकिने सेवा प्रवाहमा टाइमकार्ड लागू गर्न अभ्यास गर्नुहोस्,’गृहमन्त्रीले भने।

गृहमन्त्रीले जुनसुकै माध्यमबाट दर्ता हुन आएका उजुरीहरूको छानबिनलाई प्राथमिकता राख्नुपर्ने बताए।  मिटरब्याजी र नागरिकताविरुद्धका उजुरी छानबिनलाई तीव्रता दिनुपर्ने गृहमन्त्रीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here