१४ औं काठमाडौं म्याराथनको तयारी पूरा

२४ भदो, काठमाडौं । १४ औं काठमाडौं म्याराथन २०२२ शनिबार आयोजना हुँदैछ । एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा हुने दौड नेपालको सबैभन्दा प्रतिष्ठित र नियमित आयोजना हुँदै आएको म्याराथन रहेको छ ।

आयोजक संस्थाले दौडको सम्पूर्ण तयारी पूरा भएको पनि जनाएको छ । दौड यसअघि कोरोना संक्रमणको कारण दुई वर्ष आयोजना हुन सकेको थिएन् ।

frontline

काठमाडौं म्याराथन १६ वर्ष लगातार आयोजना भइरहेको थियो । एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रनिङ (एआईएमएस) का आधिकारिक प्रतिनिधि आमिर स्यान्डिवनले त्रिपुरेश्वरबाट सुरु भएर त्यहीं टुंगिने म्याराथनका लागि काठमाडौं, भक्तपुर र भक्तपुरको बाटो नापिसकेको छ ।

दौडमा पुरुष र महिला दुवैको म्याराथन र २१ किलोमिटरको हाफ म्याराथन समावेश गरिएको छ । म्याराथनमा पहिलो हुनेले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैंया प्राप्त गर्ने छन् ।

यस्तै हाफ म्याराथनमा पहिलोले ५०, दोस्रोले २५ र तेस्रोले १० हजार रुपैंया जित्ने छन् । प्रतिस्पर्धामा पाँच किलोमिरटको दौड पनि राखिएको छ र यसमा खुल्ला, १० कक्षासम्मका विद्यार्थी तथा ४५ वर्ष माथिको मास्टर्स गरेर तीन विधामा दौड हुनेछ ।

खुल्ला र विद्यार्थी विधामा पहिलो हुनेले १०, दोस्रो हुनेले ५ र तेस्रो हुनेले ३ हजार रुपैंया हात पार्ने छन् । मास्टर्सतर्फ शीर्ष तीन स्थानमा आउनेले ५ हजार, ३ हजार र २ हजार रुपैंया जित्ने छन् ।

प्रतिस्पधामा ३ किलोमिटर ह्विलचेयर, ३ किलोमिटर फेमिली रन र ३ किलोमिटर आमन्त्रित सेलेब्रेटी रन पनि राखिएको छ ।

त्यसमध्ये ह्विलचेयरमा पहिलोले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार रुपैंया जित्ने छन् । फेमिली रनमा अभिवावकले आफ्ना छोरा छोरी हातको हात समातेर भाग लिनेछन् ।

फेमिली रन लागि आकर्षक उपहारको व्यवस्था गरिएको छ । काठमाडौं म्याराथनका लागि राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको सहयोग रहेको छ ।

यस्तै काठमाडौं, ललितपुर, भक्तपुर र थिमि नगरपालिकासँगै नेपाल पयर्टन बोर्ड र संस्कृति, पयर्टन तथा नागरि उदान मन्त्रालयको सहयोग रहनेछ ।

एनआरएन स्पोर्टस फाउन्डेसनले प्रतियोगिताको सफल आयोजनामा सहयोग गर्न सबैलाई अनुरोध पनि गरेको छ ।

फाउन्डेसनका सस्थापक तथा नेपाल ओलम्पिक कमिटीको महासचिव निलेन्द्रराज श्रेष्ठले भनेका छन्, ‘शनिबार विहान साढे छ देखि ११ बजेसम्म आयोजन दौड हुने बेला र स्थानमा सकेसम्म सवारी साधनको कम प्रयोग गर्न सबैमा अनुरोध छ । दौडलाई अझ व्यवस्थिति गर्न सबैको सहयोग र साथ अपेक्षा गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here