१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

भक्तपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका-५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र मोरङ उर्लाबारी नगरपालिका-१ का १८ वर्षीय निदिप धिमाल छन्।

frontline

उनीहरूलाई मंगलबार बिहान प्रहरीले काभ्रेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रहरीका अनुसार बालिकामाथि बलात्कार घटना भदौ २६ गते मध्यराति भएको हो। भक्तपुर नगरपालिका-१ श्रृजनानगरस्थित सडकमा ती बालिका मध्यराति गाडी कुरेर बसिरहेकी थिइन्।

ती बालिकालाई प्रदेश २-०३-००१ ख १४८५ नम्बरको ट्रकका चालक विश्वकर्मा र सहचालक धिमालले गन्तव्यमा पुर्‍याइदिने भन्दै काभ्रेस्थित बनेपा नगरपालिका-१२ को साझा पेट्रोल पम्प पुर्‍याएका थिए।

त्यहाँ पुर्‍याएपछि उनीहरूले ट्रक रोकेर पालैपालो जबरजस्ती करणी गरेको काभ्रे प्रहरीका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।

उनका अनुसार करणीपछि उनीहरू ट्रक लिएर झापा भागेर गएका थिए। जबरजस्ती करणीपछि छोडिएकी ती बालिका भक्तपुर फर्किएर पुन: काभ्रे प्रहरीको सम्पर्कमा पुगेकी थिइन्।

त्यो ट्रक फर्किने क्रममा मंगलबार बिहान चालक र सहचालकलाई पक्राउ गरिएको खतिवडाले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here