१३० माइल प्रतिघण्टा बढी वेगमा कार रेसिङ गरिरहेकोमा दुई युवक गिरफ्तार  

२० मंसिर, वासिङ्टन । गत सप्ताहान्त अमेरिकाको न्यु ह्याम्पसायर राज्यको एउटा राजमार्गमा १३० माइल प्रतिघण्टाभन्दा बढी वेगमा कार रेसिङ गरिरहेको अवस्थामा स्थानीय प्रशासनले दुईजना युवकलाई गिरफ्तार गरेको छ । 

स्थानीय समयअनुसार शनिबार बेलुकी करिब साढे आठ बजे राजमार्ग गस्तिमा रहेका प्रहरीले एक्जिट ५ नजिकको लन्डनडेर्रीस्थित इन्टरस्ेटट ९३ को दक्षिणतिर एउटा २००८ बीएमडब्ल्यू कुप  र अर्को २०१८ इन्फिनिटी क्यू ५० कार १२८ देखि १३१ माइल प्रतिघण्टा वेगमा कुदिरहेको अवस्थामा फेला पारेको थियो । 

frontline

सो क्षेत्रको सवारी गति सीमा ६५ माइल प्रतिघन्टा मात्र रहेको बताइएको छ । राज्य प्रहरीद्वारा जारी गरिएको विज्ञप्तिमा ती दुवै सवारी साधनले एकैसाथ असामान्य ढंगले गति बढाएको जनाइएको बोस्टन २५ न्युजले लेखेको छ । 

हुकसेट निवासी इन्फिनिटीका २० वर्षीय ड्राइभर निकोलस जुनियर क्विन्टललाई एक बालक यात्रुको ज्यानलाई खतरामा पारेको, रोड रेसिङ गरेको र जथाभावी र अनावश्यक ढंगले सवारी साधन चलाएको अभियोगमा गिरफतार गरिएको थियो ।
 
त्यसैगरी, डेर्री निवासी बीएमडब्ल्यूका ड्राइभर १८ वर्षीय वियाट एच. एडम्सलाई पनि रोड रेसिङ गरेको र जथाभावी र अनावश्यक ढंगले सवारीसाधन चलाएको अभियोगमा गिरफ्तार गरिएको थियो । 

उनीहरुलाई पछि डेर्री सक्र्युट कोर्टमा हाजिर हुने शर्तमा प्रहरीले छोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here