१२ वर्षीय बालकको हत्या अभियोगमा पाँचजना पक्राउ

१० माघ, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ निवासी नागेश्वर प्रसाद कुर्मीका १२ वर्षीय छोरा मन्टुप्रसाद कुर्मीको हत्या गरेको अभियोगमा पाँच जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले सोही गाउँपालिका वडा नम्बर ६ बस्ने गोवारी राउत अहिर, नग राउत अहिर, शत्रुधन प्रसाद यादव, मनमोहन प्रसाद यादव र रोहन प्रसाद यादवलाई पक्राउ गरेको हो।

frontline

उनीहरुलाई पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ६ भिष्वास्थित नेपाल–भारत सीमाबाट प्रहरीले पक्राउ गरेको हो।

गत पुस २३ गते दिउँसो जगरनाथपुर गाउँपालिका–६ को उखुबारीमा बालकको शव फेला परेको थियो। पीडित परिवारले दिएको किटानी जाहेरीका अधारमा अनुसन्धानको क्रममा बालकको हत्यामा संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

कुर्मी परिवारसित पुरानो मुद्दा मामिलाको रिसइबी भएकोले पक्राउ परेका पाँचै जनाले बालकको अपहरण गरेर हत्या गरेको खनालले बताए।

पक्राउ परेका पाँचै जनालाई अपहरण तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गराइ कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here