१२ देखि १७ वर्षका बालबालिकालाई आजदेखि बुस्टर डोज दिइने
२७ जेठ, काठमाडौं । कोरोना विरुद्ध दुई डोजको खोप लगाईसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आज शुक्रबारदेखि बुस्टर डोज दिइने भएको छ ।
उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोजमा मोडर्ना तथा फाइजर खोप दिएको थियो । बुस्टर डोजमा पनि यही दुई प्रकारको खोप उपलब्ध छ ।
बुस्टरमा फाइजर खोप लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ । बुस्टर डोज लगाउन दोस्रो मात्रा लगाएको तीन महिना पुग्नुपर्ने परिवार कल्याण महाशाखा अन्तगर्तको बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
यसैबीच, मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि फाइजर खोप दिने तयारी गरिरहेको छ ।
देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको छ ।
सुरुमा २७ वटा जिल्लामा खोप अभियान संचालन गरिने छ । त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान संचालन गरिने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्