११ वर्षीय बालिका बलात्कारको अभियोगमा बुबा र काका पक्राउ

सोमबार, गोरखा । ११ वर्षीय बालिकालाई एक वर्षदेखि करणी गर्दै आएको अभियोगमा उनका आफ्नै बुबा र काका पक्राउ परेका छन् ।

प्रहरीले बालिकाको बुबा पालुङ्टार नगरपालिका-८ का ३७ वर्षीय पुरुष र उनका भाइलाई पक्राउ गरेको हो ।

frontline

पीडित बालिकाको फुपूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्लाका प्रहरी प्रमुख एसपी शेखर खनालले बताए ।

आमाले अन्तै बिहे गरेर गएको रहेछ, पीडित बालिकासहित एक भाइ र बहिनी बुबासँगै बस्दै आएका रहेछन्‚’ खनालले भने, ‘गएको वैशाखदेखि बिरामी परेकी बालिकाको काठमाडौँमा उपचार गर्दा पाठेघरमा पीप जमिसकेको र त्यसको कारणबारे सोधपुछ गर्दा बालिकाले नै बताएपछि घटनाबारे धेरै कुरा खुल्दै गयो ।’

प्रहरीका अनुसार वैशाखदेखि बिरामी पर्दै आएकी बालिकाको गत असार २७ गते काठमाडौँको प्रसूती गृह थापाथलीमा स्वास्थ्य उपचार गरिएको थियो ।

पाठेघरको समस्यासम्बन्धी कारण खोज्दै जाँदा बालिकाले आफ्नै बुबा र काकाले पटक पटक करणी गरेको बताएकी हुन् ।

बालिकालाई आफ्नै बुबाले लामो समयदखि पटक पटक करणी गर्दै आएकोमा गत कात्तिक महिनामा आफ्नै काकाले समेत पटक पटक करणी गरेको बालिकाकी फुपूले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

बालिकाको बुबालाई आफ्नै घरबाट र काकालाई तनहुँबाट आइतबार नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी खनालले बताए । पीडित बालिका फुपूको संरक्षणमा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here