ह्याण्ड स्यानिटाइजर गुणस्तर मापन नगरी बजारमा पठाउन रोक

काठमाण्डु – औषधि व्यवस्था विभागले पैठारी गरिएका स्यानिटाइजर र स्थानीय तहमा उत्पादन गरिएका ह्याण्ड स्यानिटाइजरको दर्ता र गुणस्तर नहेरीकन बजार पठाउन पूर्ण रुपमा रोक लगाएको छ ।

यसअघि विभिन्न कम्पनिले बिना दर्ता र गुणस्तरमापन नै नगरी बजारमा ह्याण्ड स्यानिटाइजर पठाएको पाइएकाले विभागले सूचना जारी गर्दै स्यानिटाइजरको मापदण्ड तोकेको छ ।

frontline

औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालले विभागको यो कार्यले बजारमा गुणस्तरयुक्त स्यानिटाइजरले प्रवेश पाउने बताए । उनले आफूहरुले लामो समयदेखि उठाउँदै आएको मागहरुमध्ये एउटा माग पुरा भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here