होली खेल्ने क्रममा घरको छतबाट खसेर एकको मृत्यु एकजना गम्भीर घाइते
४ चैत, काठमाडौं । होली खेल्ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
तारकेश्वर नगरपालिका-५ गोलढुंगास्थित हेमराज खड्का को घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिवन कुमारी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खड्काको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहीबार साँझ ७:३५ बजे निधन भएको हो ।
यस्तै होली खेल्ने क्रममा छतबाट खसेर घाइते भएकी ३८ वर्षीया अन्जु कार्की ग्रीन सिटी अस्पताल सामाखुसीमा उपचार भइरहेको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त बालाजुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्