होटेल क्राउन प्लाजामा युवतीको शंकास्पद मृत्यु

२६ असोज, काठमाडौं । काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजा पुगेकी एक युवतीको शंकास्पद मृत्यु भएको छ । प्रहरीका अनुसार चाबहिल घर भएकी ती युवतीको शंकास्पद मृत्यु भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको शरीरमा आगो लागेर मृत्यु भएको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराले जानकारी दिए । युवती बारा सिमराका केशव रिजालसँग २४ असोजमा होटलमा पुगेको खुलेको छ ।

frontline

रिजालले ती युवतीलाई जलेको अवस्थामै वीर अस्पताल पुर्‍याएका थिए । तर, त्यहाँ उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल रेफर गरिएको थियो । उनको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । प्रहरीले अनुसन्धानको लागि रिजालसँगै होटलका एक कर्मचारीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here