होटल हिल्टन काठमाडौं बिक्री प्रक्रियामा गएको छैन : जगदम्बा हस्पिटालिटी ग्रुप

अन्तर्राष्ट्रिय चेन होटल हिल्टन काठमाडौं कुनै पनि बिक्री प्रक्रियामा नगएको र यसबारे कहीँ कतै छलफल समेत नभएको जगदम्बा हस्पिटालिटी ग्रुपले जनाएको छ ।
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.




- जगदम्बा हस्पिटालिटीले हिल्टन काठमाडौंको बिक्री प्रक्रिया नभएको स्पष्ट गरेको छ।
- विज्ञप्तिमा भनिएको छ कि कुनै पनि बिक्री प्रक्रिया र छलफल भएको छैन र भ्रामक समाचारले व्यवसाय र राजनीतिमा नकारात्मक प्रभाव पार्नेछ।
- हिल्टन काठमाडौंले दीर्घकालीन सेवा र उच्चस्तरीय आतिथ्यताको प्रतिबद्धता व्यक्त गरेको छ।
२८ वैशाख, काठमाडौं । पाँचतारे होटल हिल्टन काठमाडौं सञ्चालक कम्पनी जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले हिल्टन होटल बिक्री प्रक्रियामा नगएको जनाएको छ ।
जगदम्बा हस्पिटालिटीले आइतबार विज्ञप्ति जारी गरी केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा हिल्टन होटल बिक्री सम्बन्धी समाचार भ्रामक र आधारहीन समाचार प्रकाशन तथा प्रसारण भएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
अन्तर्राष्ट्रिय चेन होटल हिल्टन काठमाडौं कुनै पनि बिक्री प्रक्रियामा नगएको र यसबारे कहीँ कतै छलफल समेत नभएको विज्ञप्तिमा उल्लेख छ ।
‘राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडेर हुँदै नभएको विषय सिर्जना गरी सार्वजनिक यस्ता भ्रामक समाचारले व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा समेत नकारात्मक असर पुर्याउने छ,’ विज्ञप्तिमा छ, ‘यस्ता गतिविधिमा संलग्नलाई प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अपनाइने छ ।’
हिल्टनले अतिथि, साझेदार र सम्पूर्ण हितग्राहीलाई दीर्घकालीन सेवा र उच्चस्तरीय आतिथ्यता प्रदान गर्ने प्रतिबद्धता सहित सञ्चालनमा रहेको जगदम्बा हस्पिटालिटीले जनाएको छ ।
जगदम्बा हस्पिटालिटी |ग्रुप होटल हिल्टन
प्रतिक्रिया दिनुहोस्