हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध

५ जेठ, हेटाैंडा । मकवानपुरको हेटौंडा र काठमाडौं जाेड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानास्थित बगुवा खाेलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

frontline

आज साेमबार बिहान परेकाे पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएको डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

बगुवा खाेलास्थित बागमती पुलको एक भाग गत असाेजमा आएको बाढीले बगाएको थियो। पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको थियो।

कान्ति लाेकपथ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here