हेटौंडा–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडक अवरुद्ध

मकवानपुर । पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडक अवरुद्ध भएको छ ।

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर–२ सल्लेमा पहिरो जादा कुलेखानी–फाखेल–हुमाने सडकखण्ड अवरुद्ध भएको हो।

frontline

बिहीबार बिहानदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा हेटौंडाबाट–भिमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाण्डौं जोड्ने छोटो दुरिको मार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  

पहिरोका कारण सडक अवरुद्ध हुँदा सो सडक खण्डबाट काठमाण्डौं जाने सवारीहरु रोकिएका छन् ।

निरन्तर वर्षाका भइरहेका कारण पहिरो पन्छाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।

वर्षा केही कम भए लगत्तै पहिरो हटाउने कार्य गर्ने  उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here