हिमाल आरोहण गर्ने वडा सदस्यलाई चुमनुब्री गाउँपालिकाद्वारा सम्मान

श्रोत : ईन्टरनेट

१२ चैत्र, गोरखा  । विश्वको आठौँ अग्लो मनास्लु हिमाल आरोहण गर्ने जनप्रतिनिधिलाई चुमनुब्री गाउँपालिकाले सम्मान गरेको छ । सो गाउँपालिकाको वडा नं. १ का वडा सदस्य मिङ्मार छिरिङ लामालाई बिहीबार सम्पन्न १० औँ गाउँसभाको अवसरमा सम्मान गरिएको हो ।  

प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद हरिराज अधिकारी, गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ, उपप्रमुख कुमारी गुरुङ र कांग्रेसका नेता हरि घलेले सम्मान पत्र, १० हजार रुपैयाँ नगद, खादा, माला, अबीर लगाइदिएर सम्मान गरेका हुन् ।

frontline

साथै गाउँसभाका अन्य सहभागीले पनि उनलाई खादा माला, तथा पैसाको फूल लगाइदिएर सम्मान गरेका थिए । सामागाउँका ३६ वर्षीय लामाले गत सेप्टेम्बर २७ बिहान नौ बजेर २८ मिनेटमा ८,१६३ मिटर अग्लो मनास्लु हिमालको बिनाअक्सिजन सफल आरोहण गरेका थिए । 

इमेजिङ नेपाल नामक कम्पनी र सो कम्पनीका सञ्चालक मिङ्मार शेर्पाको सहयोगमा लामाले हिमाल आरोहण गरेका थिए । १८ वर्षदेखि ४० वर्षसम्मका स्थानीय युवाहरु विदेशिने समस्या विकराल बन्दै गएकाले उनीहरुलाई स्वदेशमै रहेर काम गर्ने वातावरण बनाउने उद्देश्यले हिमाल आरोहण गरेको पर्यटन व्यवसायी समेत रहेका लामाले बताए । 

मनास्लुको प्रचुर प्रचारप्रसार गरी पर्यटन विकास गर्नुपर्ने उनको सुझाव छ । मनास्लु क्षेत्रबाट बर्सेनि दुईकरोड भन्दा धेरै पर्यटन रोयल्टी संकलन हुने गर्छ । त्यसबाट चुमनुब्री गाउँपालिकाले बर्सेनि करिब ४० लाख रुपैयाँ आम्दानी गर्ने गर्छ । 

सोही बजेटबाट स्थानीय युवाहरुलाई पर्यटन व्यवसायमा लाग्न सहयोग गर्नुपर्ने आरोही लामाको भनाइ छ । ‘यस क्षेत्रको विकास गर्न कृषि र पशुपालन गरेर मात्र सम्भव छैन । पर्यटन विकास गर्नैपर्छ । मनास्लुको प्रचारप्रसार गर्न सकेमा यस क्षेत्रको पर्यटन विकास हुनेछ,’ लामाले भने । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here