हिमाली भेगमा हिमपात सुरु, चिसो बढ्यो

जिल्लाको उच्च हिमाली भेगमा हिमपात सुरु भएको छ । लामो समयदेखि पानी नपरेपनि दिउँसोबाट भने मौसम बदलीभई हिमपात हुने संभावना बढेको हो । दिनभर आकाशमा बदलि हुनुका साथै हावाहुरी र हिमालतीर सामान्य बदली समेत भएको छ ।

जस्का कारण जिल्लामा चिसो बढ्न थालेको छ । पानी असोस पछि परेको छैन् । आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले यो वर्ष रुखो जमिनमै गहुँ खेती गरिरहेका छन् । अधिकांश पाखो जमिनमा हिउँदे खेती समेत गरिएको छैन् । 

frontline

पानी पर्न थालेपछि किसानलाई केही आश थपिएको छ । किसानहरु आकाशे पानी कुरीरहेका छन् । उच्च हिमाली भेगमा हिउपातको संभावना सँगै चिसोले यहाँका जनजीवन प्रभावित बनेको छ । 

विहान देखिनै बाजुराको आकाशमा घाम समेत देखिएको छैन् । बडिमालिका, बुढीनन्दा, पोरखे, बढालेक लगायतका हिमालमा हिउँ पर्ने संभावना बढेको छ । जिल्लामा कात्र्तिकबाटै चिसो बढ्न सुरु भएको हो । हिमाली क्षेत्रमा पर्ने बिच्छ्या, रुगीन, कोल्टी, पाण्डुसैन, दहकोट लगायतका क्षेत्रमा बढी चिसोको अनुभूति गरिएको छ ।  

मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका उच्च हिमाली भू–भागमा हल्का हिमपात र पाहाडी क्षेत्रमा पनी पर्ने सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । 

यस्तै आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा लुम्बिनी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

तापक्रममा कमी आउनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र त्यस क्षेत्रमा अझ चिसो बढ्ने हुनाले चिसोबाट बच्न तथा तराई÷पहाडी भू–भागका केही स्थानहरुमा बिहानीपख हुस्सुरकुहिरोको कारणले वायुको पारदर्शीतामा कमी हुन गई सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here