हिमचितुवाले गोरखाको चुम्चेतमा डेढ दर्जन खच्चड र घोडा मार्यो

शुक्रबार, गोरखा । लोपोन्मुख प्रजातिको मानिने हिमचितुवाले उत्तरी गोरखाको चुम्चेतमा डेढ दर्जन खच्चड र घोडा मारेको छ ।

चुमनुब्री गाउँपालिका ६ चुम्चेत गाउँको लेकमा चर्नका लागि छाडिएका १६ वटा खच्चड र एउटा घोँडा हिमचितुवाले खाएको वडाअध्यक्ष लोप्साङ लामाले जानकारी दिए ।

frontline

‘दुईदिनअघि बुझिमा लामा, आङ्दी लामा र चित्रबहादुर गुरुङको १६ वटा खच्च्ड र एउटा घोडा मारेको हो’, उनले भने, ‘बाढी पहिरोले बाटो अवरुद्ध भयो ।

खच्चडले भारी बोक्न पनि पाएनन् भनेर लेकतिर लगेर चर्न छाडेका रहेछन् । हिमचितुवाले भुसुक्कै खाएछ ।’

अलग अलग भेट्यो भने मारेर मासुसमेत खाने, समूहमा भेट्यो भने मारेर रगत चुस्दै छाड्ने गरेको उनले बताए ।

हिमचितुवाले मारेको घरपालुवा पशु चौपायाको राहत पाउने नपाउने बारे जानकारी पनि नभएको उनले बताए ।

संरक्षणको उच्च प्राथमिकतामा रहेको हिमचितुवा उत्तरी गोरखाका विभिन्न जंगलमा बासस्थान रहेको मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here