हिउँले छपक्कै रुकुम पूर्वका लेक

रुकुम पूर्वमा शुक्रबार राती पानी परेसँगै डाडाँकाँडा हिउँले सेताम्य भएका छन् । रुकुम पूर्वको लेकाली भेगमा पानीसँगै हिउँ परेको हो ।

यस वर्षको हिउँदमा पहिलो पटक पानी र हिउँ परेको छ । लामो समयसम्म पानी र हिउँ नपरेकालो आकाशे पानीको भरमा रहेको हिउँदे बालीमा राहत मिलेको छ ।

frontline

रुकुम पूर्वका ३ गाउँपालिकामध्ये भूमे र सिस्ने गाउँपालिकाका बेँसी, बस्तीहरूमा यस पटक हिउँ परेको छैन । १४ वडा रहेको पुथाउत्तरगंगा गाउँपालिकामा भने वडा नम्बर १, २ का बस्तीसम्म हिउँ परेको छ भने भूमे, पुथा र सिस्ने गाउँपालिकाका बस्तीमा पानी परेको छ । ३ वटै गाउँपालिकाको लेकाली भेग हिउँले भरिभराउ भएको छ ।

बेँसीमा पानी र लेकाली क्षेत्रमा हिउँ परेकाले जनजीवन प्रभावित बनेको पुथाउत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले जानकारी दिए । सिँचाइको सुविधा नभएको रुकुम पूर्वमा हिउँदे…….

https://statementandresponse.com/public/user/aathbiskot#

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here