हिउँमा चिप्लिएर मृत्यु: सोलुखुम्बुमा ट्रेकिङ गएका एक जनाको

सोलुखुम्बुमा ट्रेकिङ गएका एक जनाको हिउँमा चिप्लिएर लड्दा मृत्यु भएको छ। 

पासाङल्हामु गाउँपालिका-४ को बेसक्याम्प २ मा पुगेर आधार शिविरतर्फ फर्कने क्रममा हिउँमा चिप्लेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

frontline

मंगलबार बिहान आधार शिविरबाट फर्कंदै गरेका संखुवासभा याफुका २८ वर्षीय पेम्बा टासी शेर्पाको हिउँमा चिप्लिएर मृत्यु भएको प्रेदश नम्बर १ प्रहरी कार्यालयले जनाएको छ।

मृतक शेर्पाको शव उनीहरूकै साथीहरूले उद्धार गरी आधार शिविरमा राखेको छ। शवलाई हेलिकप्टरमार्फत् लुक्लातर्फ लैजाने पहल भइरहेको छ।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

poster-here