हाम्रो जनकल्याण सहकारी संस्थाको २४ औं वाषिर्क साधारण सभा सम्पन्न
हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । कोभिड–१९ को संक्रमणलाई ख्याल गर्दै सहकारी विभागले जारी गरेको मार्गदर्शन अनुसार कार्य क्षेत्रका विभन्नि १४ स्थानमा क्षेत्रगत साधारण सभा आयोजना गरी साधारण सभामा सदस्यको उपस्थिति अधिकारलाई सुनिश्चित गरी छुटेका शेयर सदस्यलाई मुख्य कार्यालय, अग्रगामी सेवा केन्द्र बोच र नगद संकलन केन्द्र चरिकोटमा असोज २० गतेसम्म उपस्थिति गर्ने व्यवस्था मिलाइएको थियो ।
सोही अनुसार ५८.४५ प्रतिशत शेयर सदस्यको उपस्थिति र छानिएका प्रतिनिधिको उपस्थितिमा औपचारिक रुपमा साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक जिवस राज खड्काले दोलखामा मात्र नभई नेपालको बचत तथा ऋण सहकारी अभियानको एउटा राम्रो उदाहरण बन्न सफल भएको बताउँनुहुँदै छिट्टै संस्थाले एकीकरण मार्फत कार्य क्षेत्र विस्तार गर्ने योजनाले संस्थाका गतिविधिहरु थप प्रभावकारी हुने बताउनुभयो । त्यसैगरी उहाँले संघको तर्फबाट संस्थाले प्रस्ताव गरेका योजना तथा कार्यक्रममा सहयोग गर्न सञ्चालक समितिमा जानकारी गराउने बताउनुभयो ।
संस्थाका अध्यक्ष राजन श्रेष्ठले शेयर सदस्यको अधिकतम सन्तुष्टिका लागि नीति, कार्यक्रम तथा बजेट निर्माण गरिएको र परिवर्तित परिस्थितिहरु र जोखिमको मात्रालाई समेत ख्याल गरी सदस्यमुखी कार्यक्रम मार्फत प्रतिस्पर्धी वित्तीय बजारमा संस्थालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्तगर्नुभयो ।
संस्थाका सचिव मान बहादुर केसी, कोषाध्यक्ष अर्जुन कार्की र लेखा सुपरीवेक्षण समिति संयोजक भरत प्रसाद खतिवडाले शेयर सदस्यहरुले लिखित वा मौखिक रुपमा उठाएका सवालहरुको जवाफ दिनुभएको थियो । त्यसैगरी संस्थाका पूर्व अध्यक्ष रामचन्द्र बस्नेतले संस्थाले कहिले पनि नीति नियमको पालनामा कमजोरी नगरेको र अब शेयर सदस्यको अर्थोपजार्न सँग जोडेर लघु ऋण कार्यक्रम सञ्चालनले थप सदस्यहरुलो फाइदा लिने बताउनुभयो ।
२४ औं वार्षिक साधारण सभाको निर्णय सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले संस्था अब प्रविधिको प्रयोगलाई व्यापक बनाउँदै उद्यमशीलता प्रबद्र्धनमा केन्द्रित हुने बताउनुभयो । साधारण सभाको समपान समारोहमा उत्कृष्ट कारोबार गर्ने १४ जना शेयर सदस्यलाई नगद पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
पुरस्कृत हुने शेयर सदस्यमा उत्कृष्ट शेयर खरिद गर्ने भवानी प्रसाद चौलागाई, ऐच्छिक बचतकर्ता सिता भट्टराई वली, शिवलाल चौलागाई, प्रविधिगत भुक्तानीतर्फ मनोज न्यौपाने, मासिक ऋणतर्फ कमला न्यौपाने, पासाङ तामाङ, दैनिक ऋणतर्फ सुमन चौलागाई, नवराज खतिवडा, अञ्जु खडगी, मासिक बचततर्फ भैरब बहादुर दाहाल, सोम माया बिक, दैनिक बचततर्फ सुन्दर प्रकाश खडका, सन्तोष भुजेल र बिमा खडगी हुनुहुन्छ ।
संस्थाको असार मसान्तसम्म ७१ करोड ४८ लाख ९४ हजार सात सय ६७ रुपैयाँ बराबरको सम्पत्ति तथा दायित्व रहेको छ । त्यसैगरी ऋण लगानीतर्फ ४८ करोड ९१ लाख २४ हजार एक सय ५६ रुपैयाँ र बचत संकलनमा ५६ करोड १२ लाख ९२ हजार ५३ रुपौयाँ रहेको छ । संस्थाले यो वर्ष ८८ लाख ३५ हजार चार सय २२ रुपैयाँ बचत नाफा गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नतेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्