हानिनोक्सानी कोषको पैसा कहिले आउँछ ?

काठमाडौं : हानि तथा नोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले भोटेकोशी बाढीपीडितका लागि करिब २१.६ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरिसकेको छ। तर, कोषले घोषणा गरेको रकम नेपाल भित्रिने प्रक्रिया भने अझै बाँकी रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालका अनुसार कोषबाट रकम प्राप्त गर्न नेपाल सरकारले प्रस्ताव पठाउनुपर्नेछ। प्रस्ताव स्वीकृत भएपछि मात्रै नेपालले रकम प्राप्त गर्नेछ। ‘रकम प्राप्त गर्न के–कस्तो प्रक्रिया पूरा गर्नुपर्छ भन्ने हानि तथा नोक्सानी कोषले स्पष्ट पार्नेछ,’ ढकालले भने, ‘त्यसैलाई कुरेर बसेका छौं।’

frontline

ढकालले कोषबाट प्राप्त हुने रकम बाढीपीडितका लागि नै खर्च गरिने बताए। ‘तर, कोषको कार्यविधि नआइकन कुनै पनि निर्णय गर्ने कुरा भएन,’ उनले भने। अल्पविकसित देशहरूको सहायता टोली (एलडीसी) का प्रमुख मञ्जित ढकालले कोषले नेपालका लागि रकम छुट्याइसकेकाले सहयोग प्राप्त हुने सुनिश्चितता रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here