हाइड्रोपावर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन

फाइल तस्बिर

१३ पुस, सोलुखुम्बु ।  सरकारले सोलुखोला दुधकोशी जलविद्युत् आयोजनामा सोमबार भएको दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

frontline

सोलुखुम्बुको पञ्चनस्थित ८६ मेगावाटको सोलुखोला दुधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुईजना इन्जिनियरको मृत्यु भएको थियो।

आइतबार दिउँसो ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएर दुईजनाको ज्यान गएको हो। सोही घटनामा अर्का एकजना भने घाइते भएका छन्।

अछामका २६ वर्षीय सुवास राज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको थियो।  थुलुङ दुधकोशी गाउँपालिका ३ मा भएको उक्त घटनामा ज्यान गुमाएका रेग्मी र थापा विस्फोट लगत्तै बेहोस भएका थिए ।

मौसम सफा नहुँदा उनीहरुलाई तत्कालै उपचारका लागि काठमाडौं लैजान नसकेपछि ओखलढुङ्गाको मिसन अस्पतालमा लगिएको थियो । अस्पताल लैजादै गर्दा उनीहरुको बाटोमै ज्यान गएको थियो।

घटनामा सिराहा औरही गाउँपालिका २ का २९ वर्षीय महमद जाबेतर राइन घाइते भएका हुन्। उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here