हाइटी भूकम्पमा ३०४ जनाको मृत्यु, १८ सय घाइते

आइतबार, काठमाडौं । हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् ।

त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् ।

frontline

भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् ।

स्थानीय समय अनुसार शनिबार बिहान हाइटीमा ७.२ म्याग्निच्युटको भूकम्प गएको थियो । यसको इपिसेन्टर सेन्ट-लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल सर्भेले जनाएको छ ।

भूकम्पको धक्का करिब १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट ओ प्रिन्समा र छिमेकी देशहरुमा पनि महसुस गरिएको थियो ।

सन् २०१० मा गएको विनाशकारी भूकम्पबाट तंगि्रदै गएको बेला हाइटी फेरि अर्को भूकम्पको मारमा परेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले भूकम्पबाट प्रभावित हाइटीमा तत्काल राहत सहयोग गर्न यूएसआइडीलाई भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here