हलेसी तुवाचुङ नगरपालिकाद्धारा होटलमा ३२ बेडको आइसोलेसनको प्रबन्ध

फ्रन्टलाइन पालिका । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले होटलमा ३२ बेडको आइसोलेसन सेन्टर बनाएको छ । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा ३२ बेडको आइसोलेसन सेन्टर बनाएको हो ।

सक्रिय संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि रोयल होटलको १६ कोठामा आइसोलेसन सेन्टर बनाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको वैशाख १३ गते बसेको बैठकको निर्णय अनुसार नगरपालिकाले बिहिबार होटलमा आइसोसेलन सेन्टर बनाएको हो । पानी, विजुली र इन्टरनेटको शुल्क तिर्र्नेगरी होटल सञ्चालक प्रेम श्रेष्ठले आइसोलेसन बनाउनका लागि नगरपालिकालाई होटल उपलव्ध गराएका हुन् ।

frontline

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित स्वास्थ्यचौकीमा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालमा भएको ५ बेडको आइसोलेसन अपुग हुने भएकाले हलेसीमा ३२ बेडको आइसोलेसन सेन्टर थप गरिएको मेयर राईले बताउनुभयो । कोभिड–१९ को महामारी फैलिएको अवस्थामा नगरपालिकाका कोरोना संक्रमितलाई सुरक्षितसाथ राख्ने र उपचार गर्ने व्यवस्थाको पुर्वतयारीमा आइसोलेसन सेन्टरमा बनाइएको नगरपालिकाले जनाएको छ । आइसोलेसन सेन्टरमा अक्सिजनको पर्याप्त व्यवस्थापन भने गरिएको छैन । संक्रमणबाट जटिल बिरामी भएकाका लागि भने अक्सिजनको अभाव नहुने मेयर राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here