हरितगृह ग्यास कटौती सम्बन्धमा चीन–अमेरिकाको सहमति

२७ कार्तिक, वासिङटन : जलवायु सहकार्यमा चीन र अमेरिकाले आश्चर्यजनक सहमति जनाएका छन्। हरितगृह ग्यास कटौती गर्ने सम्बन्धमा दुवै शक्ति राष्ट्रले सहमति जनाएका हुन्।

स्कटल्यान्डको ग्लास्गोमा आयोजित २६ औं जलवायु सम्मेलन कोप–२६ को समापनपछि संयुक्त विज्ञप्ति जारी गर्दै चीन र अमेरिकाले हरितगृह ग्यास कटौतीमा एकसाथ काम गर्ने योजना बनाएको घोषणा गरेका छन्।

frontline

दुवै शक्ति राष्ट्रले एक दशकमा हरितगृह ग्यास कटौती गर्ने सम्बन्धमा बुधबार साँझ गरेको घोषणा आश्यचर्यजनक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। 

चीन र अमेरिका संसारका ठूला कार्बन उत्सर्जक मुलुकको रूपमा चिनिन्छन्। पृथ्वीको तापक्रम कम गर्न विश्वको तापक्रम १.५ डिग्री सेल्सियस राख्ने पेरिस सम्झौताको लक्ष्य कायम राख्नेमा दुवै मुलुक सहमत भए।

कोप–२६ मा चिनियाँ राष्ट्रपति सी चीनफिङ प्रत्यक्ष रूपमा उपस्थित नहुँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले आलोचनासमेत गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here