हराएका मूर्तिहरू नेपाल भित्र्याउने प्रक्रिया शुरु

श्रोत : ईन्टरनेट

२०औं शताब्दीको छैटाैं र सातौं दशकमा हराएका झण्डै दुई दर्जन मूर्ति तथा पुरातात्विक सामग्रीहरू नेपाल भित्र्याउने प्रक्रिया शुरु

काठमाडौं । २०औं शताब्दीको छैटाैं र सातौं दशकमा हराएका झण्डै दुई दर्जन मूर्ति तथा पुरातात्विक सामग्रीहरू नेपाल भित्र्याउने प्रक्रिया शुरु भएको छ ।

पुरातत्व विभागले सबै प्रमाण जुटाएर २६ वटा मूर्ति तथा अन्य ऐतिहासिक एवं सांस्कृतिक वस्तु नेपाल ल्याउने प्रक्रिया शुरु गरेको जनाएको हो ।

frontline

युनेस्कोको महासन्धि अनुसार चोरी भएका एवं विदेशी यात्रीहरुले उचित मूल्य तिरेर लगेका मूर्ति समेत नेपालले दाबी गरेको खण्डमा फिर्ता गर्नुपर्ने प्रावधान अनुरुप यसअघि पनि पाटन र काठमाडौंका विभिन्न मूर्तिहरु नेपाल ल्याइसकिएको छ ।

ती बाहेक झण्डै २६ वटा मूर्ति तथा सांस्कृतिक वस्तु फिर्ता गर्ने प्रक्रिया शुरु गरिएको पुरातत्व विभागकी पुरातत्व अधिकृत शुभद्रा भट्टराईले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here