हङकङमा पनि टोपी दिवस मनाइयो

सान्केतिक तस्बिर

१७ पुस, हङकङ । समुद्रपारिको मुलुक हङकङमा पनि टोपी दिवस मनाइएको छ । कोरोना कहरको करिब २ वर्षपछि टोपी दिवसको दिन नेपालीहरुले एकअर्कामा खुसी र शुभकामना आदनप्रदान गरेका छन् । 

नेपाली भाषा, संस्कृति र परम्परालाई अक्षुण राख्नका लागि हरेक वर्ष जनवरी १ तारिकका दिन टोपी दिवस मनाउने परम्परा रहेकोछ ।

frontline

विगतका केही वर्षदेखी हामी निरन्तर टोपी दिवस मनाइरहेका छौ, संयोजक कृष्ण पाण्डेले भने ‘हामी नेपालीहरुको गरिमा, स्वाभिमानता र सहिष्णुताको सूचककोरुपमा पनि टोपीलाई लिईन्छ।’

टोपी ढाका, भादगाउँले, अल्लो विभिन्न प्रकार र गुणस्तरमा पाईए पनि त्रिकोण साईजको टोपीले हाम्रो विरतालाई प्रतिविम्बित गर्छ । 

नेपाल चेम्बर अफ कर्मस हङकङका उपाध्यक्ष एवं ब्यवसायी लवकुमार गुरुङ भन्छन् ‘टोपी हाम्रो मौलिक पहिँचान हो, राष्ट्रिय पोशाकलाई गौरवताकासाथ स्विकार्य गर्दै विभिन्न कार्यक्रमहरुमा म टोपीमा नै देखिन्छु ।

तर हुर्किरहेका पुस्ताहरुलाई हाम्रो संस्कृती र पहिचान बुझाँउन र देखाँउन पनि यस्ता पर्वहरुले महत्वपूर्ण भूमिका खेल्दछ ।’ 

टोपी दिवस कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधीहरु, ब्यवसायीहरु ढाका टोपीसहित मौलिक पहिचानका भेषभुषामा प्रस्तुत भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here