स्वीमिङ पुलमा ‘डाइभ’ हान्दा अभिनेत्री अल्ली सिम्पसनको गर्दन भाँच्चियो

२१ पुस, एजेन्सी । एक अष्ट्रेलियन अभिनेत्री अल्ली सिम्पसनको गर्दन भाँच्चिएको छ। गायिकासमेत रहेकी उनको स्वीमङ गर्ने बेला गर्दन भाँच्चिएको एजेन्सीहरुले उल्लेख गरेका छन्।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनी स्वीमिङ पुलमा ‘डाइभ’ गर्ने बेला गर्दन भाँच्चिएको थियो।

frontline

यो घटना नयाँ वर्षयको सुरुवातकै दिन भएको बताइएको छ। उनी त्यसकै कारण अस्पतालमा उपचाररत रहेकी छन्। उपचारकै क्रममा उनलाई कोरोनासमेत लागेको बताइएको छ।

‘कुनै बेला जीवनमा क्षणभरमै नसोचेको घटना भइदिन्छ। २०२२ को सुरुवात मेरो लागि राम्रो रहेन। एकातिर गर्दन भाँच्चिएको छ भने अर्कोतिर कोरोनाबाट संक्रमित भएकी छु,’ उनले इनस्टाग्राममा लेखेकी छन्। 

उनले गर्दनमा दुइटा ‘फ्याक्चर’ रहेको उल्लेख गरेकी छन्। स्वीमिङ पुलमा नुहाउँदा उनले सावधानी अपनाउन अपीलसमेत गरेकी छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here