स्वास्थ्य र शिक्षासँगसँगै पूर्वाधारलाई बजेटले प्राथमिकता – गोदावरी , ललितपुर

ललितपुरको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि दुई अर्व ३३ करोड रुपैयाँको वार्षिक बजेट ल्याएको छ ।

उपप्रमुख मुना अधिकारीले नगरसभामा प्रस्तुत गरेको बजेटले पूर्वाधार विकासमा ३५ करोड , स्वास्थ्य क्षेत्रमा ३ करोड , शिक्षामा ५ करोड रुपैयाँ छुट्याएको छ ।

frontline

सम्पदा संरक्षण, खानेपानी, खेलकुद तथा खेल पूर्वाधार निर्माण, दमकल खरिद, नगर बस संचालनका लागि २२ करोड बजेट छुट्याइएको छ ।

नगरपालिकाले कृषितर्फ १ करोड ५० लाख बजेट विनियोजन गरेको उप प्रमुखले नगरसभामा प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा उल्लेख छ ।

गोदावरी नगरपालिकामा रहेको १४ वटा वडामध्ये धेरैजसो वडाहरु कृषि उत्पादनका लागि योग्य जमिन भएका वडा छन् । नगरभित्रका वडाहरुका लागि प्रति वडा १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

सडक बत्तीका लागि ३ करोड, फोहोर मैला व्यवस्थापन, तरकारी बजार सञ्चालन, स्वरोजगार कार्यक्रम, सिंचाइ, पर्यटकीय पदमार्ग निर्माण र सूचना प्रविधिका लागि १/१ करोड रुपैयाँ विनियोजन गरेको बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन् महर्जनले स्वास्थ्य र शिक्षासँगसँगै पूर्वाधारलाई यो बजेटले प्राथमिकता दिएको बताए ।

तरकारीको पकेट क्षेत्रका लागि बीउ वितरण गर्ने, महिला उद्यमी र किसानहरुलाई अनुदान तथा व्याज सहुलियत सहित ऋण कार्यक्रमहरु लागू गर्ने, धार्मिक पर्यटनलाई जोड दिने लगायतका कार्यहरुलाई प्राथमिकता दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here