स्वास्थ्य मापदण्ड पालना गर्न देशबासीलाई अमेरिकी राष्ट्रपतिको अपिल

फ्रन्टलाइन, विश्व परिवेश । अमेरिकाका राष्ट्रपति जो बाइडेनले सबै राज्य र सहरहरुमा मास्क लगाउन प्रोत्साहित गर्न गभर्नर एवम् मेयरहरुलाई अपिल गर्नुभएको छ ।

कोेरोना महामारीबारे भएको पत्रकार सम्मेलनमा उहाँले महामारी पूर्णरुपमा उन्मूलन भइनसकेकाले अनिवार्य मास्क लगाउन आवश्यक रहेको र त्यसका लागि प्रोत्साहित गर्न आग्रह गर्नुभएको हो ।

frontline

मानिसहरुको लापरबाहीका कारण कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको भन्दै उहाँले सबैले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नसमेत आग्रह गर्नुभएको छ ।

आफूले कार्यभार सम्हालेपछि सङ्क्रमणदर दुईतिहाइ घटाउन सफल भएको भन्दै उहाँले अहिले पनि लापरबाही गर्न नहुने बताउनुभयो । सरकारले कोरोनाविरुद्धको खोप सबैभन्दा धेरै व्यक्तिलाई लगाउने प्रयास गरिरहेको भन्दै उहाँले आमनागरिकले पनि मास्क लगाउनेजस्ता स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने बताउनुभयो ।

अमेरिकामा अहिलेसम्म ३ करोड १० लाख २८ हजारलाई कोरोना सङ्क्रमण भइसकेको छ भने ५ लाख ६३ हजार १ सय ६८ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here