स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न राष्ट्रपतिको आग्रह
फ्रन्टलाइन, देश । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा उहाँले नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्