स्वास्थ्य उत्थानशिलता सम्बन्धि अभिमुखीकारण कार्यक्रम सम्पन्न

मेवालाल यादव
फल्गुण , १ रौतहट

frontline

भि .एस . ओ. को आर्थिक सहयोग र आसमान नेपालद्वारा संचालित ( GEMS) पालिका शिक्षाको दिगोपन र मुल प्रवाहिकरणका लागि शक्तिकारण परियोजना अन्तर्गत आज स्वास्थ्य उत्थानशिलता सम्बन्धि अभिमुखीकारण कार्यक्रम प्रादेशिक अस्पताल गौरमा सम्पन्न भएको छ ।असवान नेपालको रौतहट जिल्ला संयोजक सन्जय कुमार यादवको अध्यक्षयता र मुख्य प्रशिक्षक तथा सहजकार्ता बालकृष्ण सेढाईले सो कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

आकस्मिक अवस्थामा आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गर्न पुर्वतयारी , प्रतिकार्यका क्रियाकलापहरुलाई ब्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको सेढाईले बताएका छन् ।साथै दिशानिर्देश गर्ने उदेश्यले अस्पतालको उत्थानशिल योजना बनिरहेको छ ।हाल बन्दै गरेको उत्थानशिल योजनाको प्रभावकारी कार्यान्वयनमा साझा बुझाइ बनाउने र बिधमान क्षमता तथा प्रणाली अनुसारको सुदृढीकरण गर्ने उद्देश्यले स्वास्थ्य उत्थानशिलता सम्बन्धि अभिमुखीकारण कार्यक्रम प्रादेशिक अस्पताल गौरको सभाहलमा गरिएको थियो ।

आकस्मिक स्वास्थय सेवालाई प्रभावकारी बनाउन आवश्यक कानुन, नीति नियम, मापदण्ड, प्रोटोकल तथा मार्गदर्शन निर्माणका कार्यमा सहजिकरण गर्ने ,प्रेषण प्रणाली सम्बन्धि राष्ट्रि नीति नियम, मापदण्ड, प्रोटोकल तथा मार्गदर्शन निर्माणको कार्यमा सहजिकरण गर्ने वहाँले बताएका छन ।
स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवा संग सम्बन्धित कानुनि ब्यबस्था, कार्यान्वयनको आवस्था, संघिय,प्रदेश र स्थानीय सरकारको यसका लागि खेल्नु पर्ने भूमिका लगायत अबको प्रथामिकता बारेमा प्रस्तुति राख्नु भएको थियो ।क , ख र ग बर्ग को एम्बुलेन्स प्रादेशिक अस्पताल गौरमा उपलब्ध नरहेको बताउनुभयो ।गौर अस्पताल क , ख बर्गको एम्बुलेन्स हुने पर्नेमा अहिले कुनै बर्गको एम्बुलेन्स नरहेको वहाँले बताएका छन ।
नलेज डेभलपलमेन्ट एन्ड रिसर्च सेन्टरद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा नलेज डेभलपलमेन्ट रिसर्च सेन्टर
गोभिन्द रिमाल , विश्वमणि खनालले उक्त कार्यक्रममा सहजीकरण गर्नु भएको ,असमान नेपालको प्रयोजनना प्रबन्धक डा. बिरेन्द्र सिंह , मन्जु रजक, भि .एस . ओ. आरती पटेल , प्रादेशिक अस्पतालका सम्पुर्ण स्वास्थकर्मी ,ब्यवस्थापन समिति , एम्बुलेन्स कर्मी ,पत्रकार लगायत संस्थाबाट आउनु भएको कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

poster-here