स्वस्तिमा र साम्राज्ञीको अशोभनीय अभिव्यक्ति प्रकरणमा बोल्यो चलचित्र कलाकार संघ

नेपाल चलचित्र कलाकार संघले नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अशोभनीय अभिव्यक्तिबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  संघका अध्यक्ष मोहन निरौलाले बुधबार जारी गरेको विज्ञप्तिमा हालै एक टेलिभिजनको कार्यक्रमको प्रस्तुती र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति संघको ध्यानाकर्षण भएको उल्लेख छ । 

‘उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मान मर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ । एउटा सार्वजनिक कार्यक्रम मार्फत अरुको अपहेलना गर्नु, मान मर्दन गर्नु न्याय संगत ठहर्दैन र हुँदैन पनि ।’

frontline

संघले आफ्ना सदस्य कलाकारहरुलाई यस्तै अभिव्यक्ति सचेतनाका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

यसभन्दा अघि पनि केही कलाकारहरुले सामाजिक मर्यादा विपरित अनुशासन विपरित आचार संहिता पालन नगरी अभिव्यक्ती दिएकोमा सचेत गराइएको संघले जनाएको छ ।  अहिलेको सन्दर्भमा पनि सम्बन्धित कलाकारलाई सचेत गराउँदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ती नगर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here