स्वयम्भूको रानीवन क्षेत्रबाट चितुवा बस्तीमा…

 १२ पुस, काठमाडौं । शनिबार राति ११ बजेतिर स्वयम्भूको रानीवन क्षेत्रबाट एउटा चितुवा बस्तीमा पसेको खबर आयो । प्रहरी वृत्त, स्वयम्भूका डीएसपी मिलन केसीले चितुवा खोज्न एउटा टोली नै खटाए । रातभर चितुवा फेला परेन ।

तर आइतबार बिहान ६ बजेतिर सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकबाट प्रहरीलाई खबर आयो, ‘एउटा चितुवा घाइते अवस्थामा हेडक्वार्टरभित्र लडिरहेको छ ।’ डीएसपी केसीका अनुसार प्रहरी टोली पुग्नुअगावै सशस्त्र प्रहरीका अधिकृतहरुले चितुवालाई त्रिपालले छोपिसकेका थिए ।

frontline

केहीबेरमा डिभिजन वन कार्यालय, काठमाडौंबाट वन्यजन्तु उद्दारमा खटिने टोलीका अधिकृत डा. रामजी पौडेल पनि सशस्त्रको हेडक्वार्टर पुगे ।

‘हामी पुग्दा त्रिपालमा छोपेर उहाँहरुले राख्नुभएको थियो, त्यत्तिकै वेहोस बनाउने सुई लगाउन उपयुक्त ठानेनौं र सिधै खोरमा हाल्यौं’ पौडेलले भने, ‘चितुवाको स्वास्थ्य अवस्था ठीक थिएन, त्यसैले उपचारका लागि जावलाखेलस्थित चिडियाखानामा पठाएका छौं ।’

उनका अनुसार चितुवालाई ‘भाइरल इन्फेक्सन’ भएको हुनसक्ने आशंका गरिएको छ । ‘धेरै दिनदेखि केही नखाएको जस्तो देखिन्थ्यो, इनर्जी पनि कम भएकाले त्यहाँ लडेको रहेछ’ उनले सुनाए । उपचारपछि चितुवालाई के गर्ने भन्ने टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here