स्लोभाकियामा सभामुख, रक्षा मन्त्रीसहित ९६,४८१ सङ्क्रमित
९ माघ, काठमाडौं । स्लोभाकियाका सभामुख र रक्षा मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।
सभामुख इगोर जोर्किक सङ्क्रमित भएपछि अहिले सेल्फ आइसोलेसनमा बसेको संसद् सचिवालयले जनाएको छ।




त्यसैगरी रक्षा मन्त्री मातेज टोनिनले पनि आफू कोरोनाभाइसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिए।
सभामुख जोर्किक गत बिहीबार सङ्क्रमित भएका हुन्। त्यो दिन देशभरी गरेर कूल नौ हजार ८५८ नयाँ सङ्क्रमित थपिएका थिए।
त्यसैगरी रक्षा मन्त्री टोनिन भने शुक्रवार सङ्क्रमित भएको पुष्टि भएको हो। उनले आफूलाई कुनै लक्षण नदेखिएको र कुनै समस्या पनि नभएको स्पष्ट पार्नु भएको छ।
स्लोभाकियामा अहिले सभामुख र रक्षा मन्त्रीसहित कूल ९६ हजार ४८१ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कुल जनसङ्ख्याको पाँच प्रतिशत मानिस सङ्क्रमित भएका छन्।
प्रतिक्रिया दिनुहोस्