स्मार्ट एनआरएनएको सदस्यता लिनु हुदैन् : माधव मरासिनी

क्यालिफोर्निया । परदेशमा बस्ने नेपाली हरुको साझा संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनका अध्यक्ष माधब मरासिनीले वर्तमान गैर आवासीय नेपाली संघ पूर्ण रुपमा असफल भैसकेकोले स्मार्ट एनआरएनएको नाममा आएको सदस्यता वितरण अभियान बहिस्कार गर्न अनुरोध गरेका छन् ।

वर्तमान कार्य समितिको मूल नेतृत्वको असक्षमता र राजनीतिक पिछलग्गु पनले संस्था उठ्नै नसक्ने  गरि थला परेकोले जुन सुकै अभियान ल्याए पनि अब संथा नाबौरिने उनको दाबि छ । शनिबार सामाजिक संजाल फेसबुक मार्फत उनले यस्तो अपिल गरेका हुन् ।  

frontline

स्मार्ट एनआरएनका नाममा खुलाइएको सदस्यता फर्म भर्दा तपाइको व्यक्तिगत डाटा चोरी हुन सक्ने र भबिस्यमा आर्थिक तथा नैतिक क्षति पुग्ने तर्फ इंगित गर्दै मरासिनी भन्छन, “तपाइलाइ यो सदस्यता भरेर पछुतो बाहेक केहि प्राप्त हुने छैन बेलैमा सचेत बनौ ।” बिधान बिपरित तिन जना अध्यक्ष बनाइ  फेसबुकमा उम्मेदबारी दिने सबैलाई कार्यसमितिमा राखे संगै यो संस्थाले गरि खादैन भनि मरासिनी स्वतन्त्र अभियानमा लागेका छन् । त्यस पश्चात एनआरएनए विभिन्न टुक्रामा विभाजित भैसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here