स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्छ : कुलमान घिसिङ

ज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने बताएका छन्।

सोमबार सप्तरीको सुरुङ्गा नगरपालिका–७ बसानपट्टीमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले घिसिङले सरकारलाई दलीय स्वार्थभन्दा माथि राखेर जनसेवा, सुशासन र विकासको प्रभावकारी माध्यम बनाउनुपर्ने बताएका हुन्।

frontline

आफ्नो पार्टीले स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन तथा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगमा यसअघि नै ज्ञापनपत्र बुझाइसकेको उनको भनाइ छ।

‘निर्वाचनका बेला स्थानीय तहको निर्वाचन गैरदलीय गर्ने र विदेशमा रहेका नेपाली युवालाई मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै जनतासँग मत माग्ने राजनीतिक शक्तिहरू आज झन्डै दुई तिहाइको बहुमतसहित सरकारमा रहँदा पनि यी विषयमा ठोस पहल गर्न नसक्नु दुःखद विषय हो,’ उनले भने।

दलीय प्रतिस्पर्धाका कारण स्थानीय मुद्दा ओझेलमा पर्ने, राजनीतिक ध्रुवीकरण बढ्ने तथा निर्वाचनमा खर्च र आर्थिक चलखेल बढ्ने गरेको घिसिङको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here