स्थानीय तहका कर्मचारीहरुका दुइदिने तालिम समापन

चितवन । न्याय सम्पादन निष्पक्ष निर्भिक हुनपर्दछ बागमती प्रदेश भित्रका पालिकाहरुको कर्मचारीलाई लाई न्याय सम्पादनका विषयमा सचेतना कार्यक्रम गरिएको छ ।

गाऊँ, गाऊँमा सिंहदरवार नारालाई सार्थकता दिने माध्याम न्याय सम्पदान पनि हो भन्ने कुरामा अब दुई मत नहोला ।

frontline

चितवनको सौराहामा आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा स्थानीय तहका कर्मचारीहरुका मेलमिलाप, कानून निर्माण राजपत्र सम्पादन तथा प्रकासन सम्वन्धी दुइदिने तालिमको समापनका अवसरमा बागमती प्रदेशका मुख्यन्यायधिवक्ता ओम थपलियाले अहिले गाउँ गाउँमा न्याय सम्पादन गर्ने काम भएको, सविधानको धारा २१७ मा न्यायीक समिति हरेक पालिकामा रहने व्यवस्था बमोजिम जनप्रतिनिधिहरुले निश्पक्ष न्याय दिन सहयोग पुग्ने वताए ।

वर्तमान संबिधानले तीन तहको सरकारको व्यावस्था गरेकाले र स्थानीय तहका न्यायीक समिति मार्फत न्याय सम्पादन भएको वताउनुभयो ।

न्यायीक समितिले सामान्य खालका मुद्धाको टुङ्गो लगाउन सक्ने वताउनुभयो । मेलमिलाप गर्दा वा न्याय दिलाउँदा कसैप्रति आग्रह, पूर्वाग्रह नराख्नका लागि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here