सौराहका होटलहरु र बुङ् खोलाको बाढीले ६० घर डुवानमा

१६ साउन, चितवन । खगेरी खोलामा आएको बाढी बस्तीमा पस्दा सौराह क्षेत्रका होटलहरु डुवानमा परेका छन ।

लगातार २ दिन देखी परेको बर्षाका कारण बडा नम्वर ८ मा पर्ने होटल रेड रुफ, होटल न्यूरो होटल ग्रिन भ्यु, बेम्बो कटेज,जंगल प्यालेस,दोभान रेष्टुरेन्ट,होटल बिग बोस लगाएतका होटलहरु डुवानमा परेको वडा अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए ।

frontline

अहिले उत्त होटलका सामानहरु सुरक्षित स्थानमा सारीएको छ ।

त्यस्तै उता कालिका नगरपालिका अन्तर्गत बुङ् खोलामा आएको बाढीको कारण ६० घर डुवानमा परेको स्थानीय कृष्ण पौडेलले जानकारी दिए ।

नगरपालिकाको पदमपुर र खोलेसिमल क्षेत्रमा बसोबास गर्ने स्थानियले सामान सुरक्षीत स्थानमा सार्न थालेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here