सोलुखुम्बुको बुढीडाँडामा नवजात शिशुको शव फेला

१८ पुस, सोलुखुम्बु ।  जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–८ देउसा बुढीडाँडामा एक नवजात शिशुको शव फेला परेको छ ।

 देउसास्थित बुढिडाँडाको बाँसघारीमा आइतबार बेवारिसे अवस्थामा नवजात शिशु(छोरा)को शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

frontline

करिब दुई/तीन दिन अघि जन्माएर छोडेको जस्तो देखिने उक्त शव आइतबार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले शवको कानूनी प्रकृया पूरा गरि पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।  

प्रहरीले सोधपुछ गर्दा आसपासमा त्यस्ता व्यक्ति कोही पनि पत्ता नलागेकाले टाढैबाट ल्याएर छोडेको हुन सक्ने प्रहरीको अनुमान रहेकोछ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here