सोमालियामा इस्लामिक संगठन अल शबाबका १७ लडाकु मारिए

४ भदौ, काठमाडौं । अफ्रिकी मुलुक सोमालियामा इस्लामिक अतिवादी संगठन अल शबाबका थप १७ लडाकु मारिएका छन् ।

सुरक्षाकर्मीहरुको कारवाहीका क्रममा उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् । मारिएका सबै जना अल शबाब समूहका लडाकु भएको जनाइएको छ । सोमालियाको सेनाले सुरक्षा कारवाही अझै पनि तिव्र रुपमा जारी रहेको जनाएको छ ।

frontline

सेनाले देशको हालेस, क्वासाली, नुसफानक्सा, बुबुर लागयतका ठाउँमा अतिवादी लडाकू समूह विरुद्धको कारवाही चलाइएको हो ।

सोमालियामा यस वर्षको सुरु देखि नै सुरक्षा कारबाहीलाई तिव्रता र प्राथमिकता दिइएको अधिकारीहरुले जनाएका छन् ।

सुरक्षाकर्मीहरुले कारवाही जारी राखेको लक्षित गरेको सो शबाब समूहले देशका कतिपय ठाउँ आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएको छ ।

त्यसैगरी कतिपय उच्च पदस्थ अधिकारीहरुलाई सो समूहले आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here