सोताङ पालिका प्रमुख र स्वास्थ्य शाखा प्रमुखको किर्ते हस्ताक्षर गरी क्यूआर कोड निकाल्ने प्रयास

२५ साउन, सोलुखुम्बु ।  सोलुखुम्बुको सोताङ गाउँपालिकामा प्रमुख प्रशासकीय र स्वास्थ्य शाखा प्रमुखको किर्ते गरी कोभिड १९ को क्यूआर कोड जारी गर्ने प्रयास गरेको पाइएको छ।

साउन २३ गते स्वास्थ्य शाखा प्रमुख श्रीध्वज राई र प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको किर्ते हस्ताक्षर गरी विभागमा पत्राचार गरेको पाइएको हो।

frontline

sotanggaunpalika@gmail.com नामक फेक जिमेल आइडी तयार पारेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली स्वास्थ्य सेवा विभागलाई पत्राचार गरेको र अनुमती प्राप्त गरेको पाइएको हो।

गाउँपालिकाको तर्फबाट पनि क्युआर कोड जारी भइरहेको समयमा अन्य व्यक्तीले पनि गैरकानुनी रुपमा क्यूआर कोड जारी गर्ने प्रयास भएकाले रोक्न र कारबाही गर्नका लागि ईलाका प्रहरी कार्यालय सोताङमा उजुरी दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here