सैन्य प्रमुखको हेलिकोप्टर दुर्घटनाको अनुसन्धान २ साताभित्र सकिने

३ पुस, काठमाडौं । भारतका चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतसहित १३ जनाको ज्यान जानेगरी भएको हेलिकोप्टर दुर्घटनाको अनुसन्धान दुई साताभित्र पूरा हुने भएको छ ।

दुर्घटनाको छानबिन गर्न रक्षा मन्त्रालयले लगत्तै अनुसन्धान टोली गठन गरेको थियो । वायुसेना अधिकारी एयर मार्शल मानवेन्द्र सिंहको नेतृत्वमा भएको अनुसन्धानमा साक्षीहरूको बयान रेकर्ड गर्ने कार्य भइरहेको बताइएको छ ।

frontline

अनुसन्धान टोलीले हेलिकप्टर खसेर आगो लाग्दा दुर्घटनास्थल नजिकै रहेका अधिकांश साक्षीहरूको बयान लिने काम सकेको छ ।

टोलीले सम्भावित मानवीय त्रुटिलगायत सबै पक्षलाई ध्यानमा राखेर अनुसन्धान गरिरहेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here