सैन्य अभ्यासमा भाग लिन २०अमेरिकी सेना नेपालमा
१५ कात्तिक, काठमाडौं : सोमबारबाट सुरु हुने सैन्य अभ्यासमा भाग लिन २० जना अमेरिकी सेना नेपाल आएका छन्। नेपाली र अमेरिकी सेनाबीच भोलिदेखि ‘टीक नेल’ नामक सैन्य अभ्यास सुरु हुँदैछ। ‘टीक नेल’ अभ्यास विपद् व्यवस्थापनमा केन्द्रीत हुनेछ ।
नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यास काठमाडौं र पोखरामा हुनेछ । मुलुतः पानी र हिमालमा फसेकाहरुलाई कसरी उद्दार गरिन्छ भन्ने बारेमा अभ्यास केन्द्रीत रहने छ ।
अमेरिकी सेनाहरु पानी र हिमाली क्षेत्रमा उद्दारका लागि निपूर्ण मानिन्छन् । अभ्यासका क्रममा अमेरिकी सेनाले हिमाली क्षेत्रमा फसेकाहरुलाई गरिने उद्दारका बारेमा नेपाली सेनालाई तालिम दिनेछन् ।
अभ्यास भण्डैं एक महिनासम्म चल्ने छ।‘टीक नेल’ सैन्य अभ्यासको यो २२ औं संस्करण हो । यसअघिका २१ वटा संस्करण नेपालमा भएका थिए ।
अभ्यासमा नेपाली सेनाका ५० र अमेरिकी सेनाका विशेष २० जना फौज सहभागी हुनेछन् । विपद् व्यवस्थापनको तालिमका लागि अमेरिकी सेनाले नेपाली सेनालाई उपलब्धिमुलक सहयोग गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्