सेयर लगानीकर्ता आन्दोलित, सरकारविरुद्ध प्रदर्शन

श्रोत : ईन्टरनेट

२७ जेठ, काठमाडौं । सेयर बजार लगानीकर्ताहरुले काठमाडौंको बानेश्वरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

सेयर बजार सुधार गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् ।

frontline

सरकारले पूँजीबजारप्रति गरेको बेवास्ताका कारण आफूहरुको खर्बौं रुपैयाँ डुबेको उनीहरुको आरोप छ ।

लगानीकर्ताले सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको सीमा परिवर्तन गर्न माग गर्दै आइरहेका छन् ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत सेयर धितो राखेर एउटै व्यक्तिले एउटै बैंकबाट अधिकतम् ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी सेयर कर्जा लिन नपाउने व्यवस्था गरेको थियो । अब यो व्यवस्था खुकुलो बनाउनुपर्ने माग लगानीकर्ताको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here