सेयर बजारमा १३ अंकको करेक्सन

२२ असार, काठमाडौं । साताको चौथो दिन सेयर बजारमा १३ अंकको करेक्सन भएको छ। बुधबार नेप्से परिसूचक १३.३३ अंकले बढेर २०४३.९२ विन्दुमा अडिएको छ।

नेप्से बढेसँगै कारोबार रकम मंगलबारको तुलनामा भने घटेको छ। आज २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ रुपैयाँमा खरिदबिक्री भयो।

frontline

मंगलबार २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२४ रुपैयाँमा सेयर खरिदबिक्री भएको थियो। नेप्से परिसूचक ४६.०८ अंकले घटेर २०३०.५९ विन्दुमा बन्द भएको थियो।  आज सेन्सेटिभ इन्डेक्स १.६८ अंकले बढ्यो।

दोहोरो अंकले बढेको सेयर बजारमा दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। लाइफ इन्स्योरेन्स कर्पोरेसनको १० प्रतिशत र सीवाईसी नेपाल लघुवित्त वित्तीयको ९.९९ प्रतिशतले मूल्य बढेको हो।

कारोबार रकमका आधारमा यसदिन गोर्खाज फाइनान्सको ११ करोड ७२ लाख बढीको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ समूहमध्ये १० समूहको सूचक बढ्यो भने ३ को घट्यो।

फाइनान्स समूहको सर्वाधिक २.७२ प्रतिशतले सूचक बढेको हो। 

यस्तै, डेभलपमेन्ट बैंकको २.११ र लाइफ इन्स्योरेन्सको २.६८ प्रतिशतले मूल्य बढ्दा अदर्श १.४३ र हाइड्रो पावरको १ .४५ बढ्‍यो।

ट्रेडिङ समूहको ०.०५, होटल्स एन्ड टुरिजमको ०.६१, मनु एन्ड प्रो ०.४, माइक्रो फाइनान्स ०.२४ र इन्भेस्टमेन्टको ०.३३ प्रतिशतले सूचक उकालो लागेको हो।

१० समूहको सूचक उकालो लाग्दा बैंकिङको ०.०५, म्युचुअल फन्डको ०.५६ र ननलाइफ इन्स्योरेन्स समूहको सूचक भने ०.४२ प्रतिशतले ओरालो लाग्यो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here