सेयर बजारमा झिनो अंकको गिरावट

२८ कार्तिक, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक झिनो अंकले ओरालो लागेको छ। आइतबार १.३८ अंकले घट्दै परिसूचक २६८८.९२ अंक कायम भएर बजार बन्द भएको छ।

मंगलबार कारोबार भएका कम्पनीहरूमध्ये १०३ वटाको मूल्य बढेको छ। ७५ कम्पनीको मूल्य कम भएको छ भने ८ कम्पनीको मूल्य स्थिर छ।

frontline

आज कारोबार रकम पनि निकै कम भएको छ। आइतबार ४ अर्ब बढीको सेयर किनबेच भएको छ।

आज दस प्रतिशत मूल्य एक कम्पनीको मात्र बढेको छ। बोटलर्स नेपालको १० प्रतिशत मूल्य बढेको छ भने मानुषी लघुवित्त र तेह्रथुम पावरको ९.९९ प्रतिशत बढेको छ।

आज सबभन्दा धेरै कमाउने पाँच कम्पनीहरूः

बोटलर्स नेपालः १० प्रतिशत

मानुषी लघुवित्तः ९.९९ प्रतिशत

तेह्रथुम पावरः ९.९९ प्रतिशत

महालक्ष्मी विकास बैंकः  ९.८७ प्रतिशत

कालिका पावरः ६.०३

आज सबभन्दा धेरै गुमाउने पाँच कम्पनीहरूः

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्छः -१० प्रतिशत

 साहस ऊर्जाः -८.७४ प्रतिशत

नयाँ सारथीः -३.२६ प्रतिशत

समिट लघुवित्तः -३.०५ प्रतिशत

मैलुङ खोला जलविद्युतः -२.८९ प्रतिशत

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here