सेयर बजारमा उतारचढाव, ४ अर्ब ३४ करोडको कारोबार

२० असार, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्सेमा उतारचढाव देखिएको छ । २०९५ अंकबाट खुलेको बजार १:०७ बजे २१४७ अंकसम्म पुग्यो ।

त्यसपछि केही बेर उतारचढाव रहेको नेप्से १:४० बजेपछि ओर्लिन थाल्यो । अन्तत: अघिल्लो दिनको तुलनामा नेप्से ९.७५ अंकले घटेर २०७६ अंकमा बन्द भयो ।

frontline

नेप्से घटे पनि कारोबार रकमले छलाङ मारेको छ । कुल ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भयो । यो आइतबारको तुलनामा १ अर्ब ८६ करोडले बढी हो । आइतबार २ अर्ब ४८ करोडको काराेबार भएको थियो ।

कुल ७१ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो । बैंकिङ १, विकास बैंक ५२, फाइनान्स ६, होटल तथा पर्यटन ४६, जलविद्युत् १३, उत्पादन ४५, माइक्रोफाइनान्स ६० र अन्य उपसमूह २७ अंक घटे ।

ब्यापार १०४, निर्जीवन बीमा ४८ र जीवन बीमा ५५ अंक बढे । सीवाईसी लघुवित्त र ङादी ग्रुपको मूल्य १० प्रतिशत बढ्यो । सामलिङ पावरको मूल्य ७.७ र एसटीसीको मूल्य ६.८ प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसियन लाइफ, अरुणकाबेली र माथिल्लो तामाकोसी क्रमश: अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here