“सेन्ट जेभियर्स विद्या मन्दिर” विद्यालयले सरस्वती पूजा

आज तारकेश्वर नगरपालिका वडा न.५ अर्यालटार स्थित “सेन्ट जेभियर्स विद्या मन्दिर” विद्यालयले सरस्वती पूजा एवम अक्षरारम्भ कार्यक्रमको पावन अवसरमा आयोजना गरेको पूजा तथा भर्ना कार्यक्रममा भब्य र सब्य रुपमा सम्पन्न भएको छ ।
प्ले ग्रुप देखि कक्षा ८ सम्म अध्यापन गराइने उक्त विद्यालय लोलाङ्ग -अर्यालटार क्षेत्रकै उत्कृष्ट विद्यालय मध्ये एकमा पर्दछ । विद्यार्थी एवम अभिभावकहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा अक्षरारम्भ गर्नुहुने नया विद्यार्थीहरुलाई नि:शुल्क भर्नाको व्यवस्था गरिएको थियो।
विद्यार्थी एवम अभिभावक समेत गरेर करिब नौसय जनाले उक्त पूजा कार्यक्रममा सहभागीता जनाउनुभएको थियो ।
साथै विद्याकी देवी सरस्वती माताले सबैलाइ सत्कर्म र असल बाटोमा हिड्ने आशिर्वाद अनि प्रेरणा दिउन भनी प्राथना गर्दै विद्यालयका प्र.अ. अविनाश उप्रेतीले कार्यक्रममा पाल्हुहुने सम्पुर्ण अभिभावकज्यूहरु,विद्यार्थीहरु,शिक्षक एवम कर्मचारीहरुलाइ हार्दिक आभार समेत प्र्कट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here