सेनाको गाडी र पिकअप आपसमा ठोक्किँदा पिकअप चालकको मृत्यु

बिहीवार, राजविराज । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नेपाली सेनाको वनटन गाडी र पूर्व जाँदै गरेको पिकअप गाडी आपसमा ठोक्किँदा पिकअपका चालकको बुधबार अपरान्ह मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहको कंकालिनी मन्दिर नजिक भएको दुर्घटनामा मे. १ च ६९२५ नम्बरको पिकअप गाडीका चालक झापाको दमक नगरपालिकाका ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

frontline

पिकअप गाडीसँग १८ नम्बर बाहिनी गाईघाट उदयपुरको प्रदेश नम्बर ३–०१–००१ ग ३७२५ नम्बरको वनटन गाडी ठोक्किएको डिएसपी माधवप्रसाद काफ्लेले बताए ।

पिकअप गाडीका सह–चालक सुनसरीको ईटहरी उप महानगरपालिका–५ का ५२ वर्षीय भवानी र वनटन गाडीमा सवार १८ नम्बर बाहिनी उदयपुरमा कार्यरत जमदार खोटाङको मझुवागढी नगरपालिका–१० का ४२ वर्षीय जिवन गरी घाईते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको र सेनाको वनटन गाडी र चालकलाई इलाका प्रहरी कार्यालय भारदह, सप्तरीले नियन्त्रणमा लिएको छ ।

पोस्टमार्टमका लागि शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here